Welcome to Agriculture Data and Reporting System (ADRS)

Directorate of Agriculture Development  
Birendranagar, Surkhet


कृषि तथ्यांक तथा प्रतिवेदन प्रणाली कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयद्वारा विकसित गरिएको एक सफ्टवेयर प्रणाली हो । यो सफ्टवेयरले कर्णाली प्रदेशका जिल्लास्तरीय कृषि उत्पादन तथ्यांक, सेवा प्रदायक विवरण र प्रगति विवरणका तथ्यांकहरूको व्यवस्थित व्यवस्थापन र प्रतिवेदन निर्माणमा सहयोग पुन्याउँछ। जिल्लास्तरीय प्रयोगकर्ताद्वारा डाटा प्रविष्टिका साथ कृषि विकास निर्देशनालयले व्यवस्थापक भूमिकावाट डाटा कम्पाइल गरी प्रतिवेदन निर्माण, र आवश्यक प्रगति विवरणको तयार गर्ने क्षमता यस प्रणालीको मुख्य विशेषताहरू हुन् । यसले प्रदेशको कृषि योजना तथा निर्णय प्रक्रियालाई प्रभावकारी र दक्ष बनाउने लक्ष्य राख्दछ ।